एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

कर्णाली अनलाइन २२ श्रावण २०८०, सोमबार १५:०२

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ। राष्ट्रियसभाको अर्को बैठक साउन २४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले एमाले सांसद दिलकुमारी रावल पार्वतीलाई बोल्न समय दिएका थिए। उनले  सुन काण्डमा सरकारले मात्रै छानबिन गरेर सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने बताइन्। उनले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद निरन्तर रूपमा अवरुद्ध रहने बताइन्।

अध्यक्ष तिमल्सिनाले संसद बैठकमा अवरोध संचालनका लागि सहयोग गर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरूले उठेर अवरोध कयमा राखे।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ। एमालेको अवरोधपछि स्थगित भएको बैठक यसअघि दुई पटकसम्म प्रतिनिधिसभा बैठक स्थगित भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब वैदेशिक रोजगारमा ज्यान गुमाउनेलाई सरकारले १५ लाख रुपैयाँ दिने

२२ श्रावण २०८०, सोमबार १५:०२
काठमाडौँ।सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई वि.स.२०६७ सालमा दिने सुविधा अहिले समयअनकुल […]