एकीकृत समाजवादीले एमसीसी पारित गर्ने निर्णय गरेको छैन – अध्यक्ष नेपाल

कर्णाली अनलाइन ८ फाल्गुन २०७८, आईतवार ०९:३२

 

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले एमसिसी पारित गर्ने निर्णय नगरेको बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल भएको छ। सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी टेबुल गरेका हुन्।

संसद बैठकपछि बाहिरिने क्रममा अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीले एमसिसी पारित गर्ने निर्णय गरेको छैन। टेबुलमात्रै गर्न दिने भनेको हो।’त्यस्तै एकीकृत समाजवादीकै वरिष्ठ नेता झलनाथ खनालले यथा अवस्थामा पारित गर्न नहुने बताए। एमसिसीले देश नै विभाजित भएको भन्दै उनले आफ्नो विरोध रहेको बताए।संसदमा पनि विभाजन देखिएको भन्दै उनले आर्थिक सहयोगका लागि देशलाई विभाजित गर्न नहुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा पछिल्लो २४ घण्टामा २६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

८ फाल्गुन २०७८, आईतवार ०९:३२
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ। आइतबार १ हजार ३३८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल […]

सम्बन्धित शीर्षक