चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर तीनको मृत्यु

कर्णाली अनलाइन ७ जेष्ठ २०७९, शनिबार ०१:२९

चितवन।चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर शुक्रबार बेलुका तीन जनाको ज्यान गुमेको छ।भरतपुर–११ को भोजाडमा अटोमा चढेका दुई जनाकै ज्यान गुमेको हो भने बसेनीमा म्याजिकमा चढेका अर्का एकको पनि ज्यान गुमेको चितवन प्रहरीले जानकारी दिएको छ। मृतक तीनकै पहिचान हुन सकेको छैन। अटोमा च्यापिएकामध्ये एकको घटनास्थलमै र एकको उपचारका क्रममा ज्यान गुमेको प्रहरीले जानकारी दिएको छ।

यस्तै विद्युतका पोल र रुख ढल्दा चितवनका विभिन्न सडकहरु पनि अवरुद्ध भएका छन्। चितवन प्रहरीका अनुसार नारायणगढ, आँपटारी, क्यान्सरगेट, चितवन मेडिकल कलेजलगायतका स्थानमा रुख र विद्युत पोल ढल्दा सडक अवरुद्ध बनेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हेटौंडा उपमहानगरमा गठबन्धनको जित ,नेकपा एसकी मीना बनिन् मेयर

७ जेष्ठ २०७९, शनिबार ०१:२९
हेटौडा। वाग्मती प्रदेशको एक मात्र उपमहानगरपालिका मकवानपुरको हेटौंडामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी नेकपा एसकी मीना लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन।विजय लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे ।राष्टिय […]