अब भ्रष्टाचारविरुद्ध संसदबाट लड्छौँः शाही

कर्णाली अनलाइन १६ मंसिर २०७९, शुक्रबार १९:३६

सुर्खेत। जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारीविरुद्ध संसदबाट लड्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कोहलपुर बाँकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा शाहीले त्यस्तो बताएका हुन् ।

‘म अहिले टेक्निकल रूपमा जुम्लाको सांसद भए पनि तपाई सबैको साझा व्यक्ति हो। र, तपाई सबैले यो राप्रपाको सांसद हो, मेरा दुःख सुखका कुरा यसले गरिदिँदैन कि भनेर नसोच्नु सांसद सबैको साझा हुन्छ,’ उनले भने, ‘म सार्वजनिक व्यक्ति हो तपाइँलाई कुनै पनि अप्ठ्यारो गारो पर्‍यो भने मलाई भन्नुहोस्।’

हिजो सडकबाट आवाज उठाउँदै समाज सेवा गर्दै आएको उल्लेख गर्दै उनले अब संसदबाट पनि भ्रष्टाचारविरुद्ध आवाज उठाउने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई उपचारमा छुट

१६ मंसिर २०७९, शुक्रबार १९:३६
काठमाडौँ। पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । आज शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । अस्पतालले नेपाल पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकार, आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट […]

सम्बन्धित शीर्षक