कांग्रेसको मतगणनास्थलमा आक्रमण हुदा उम्मेदवारसहित ५ जना घाइते:मतगणना कार्य स्थगित

कर्णाली अनलाइन ४ मंसिर २०७८, शनिबार ०४:५६

रुपन्देही। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनका क्रममा रुपन्देहीमा मतगणनास्थलमा आक्रमण हुँदा ५ जना घाइते भएका छन्।प्रदेशसभा क्षेत्र नम्बर ३९१० को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रवार मध्यराति मुख छोपेर आएका केही युवाले आक्रमण गर्दा १ जना उम्मेदवारसहित ५ जना घाइते भएका छन्।

मतगणनामा रामचन्द्र पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा जेनेरेटर बन्द गराउँदै एक हुल युवाहरू मतगणनास्थलमा प्रवेश गरेर आक्रमण शुरू गरेको बताइएको छ। आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वकै आठौँ प्रदूषित सहरमा उक्लियो काठमाडौँ

४ मंसिर २०७८, शनिबार ०४:५६
काठमाडौँ ।नेपालको राजधानी काठमाडाँं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ। वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ। त्यहाँ वायु गुणस्तर सूचकांक पिएम ९२.५ (पार्टिकुलेट म्याटर) को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ। जुन घातक हो। नेपालमा पनि यो सूचकांक […]