विप्लव नेतृत्वको नेकपाको निर्णय:स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने ,सहभागी पनि नहुने

कर्णाली अनलाइन १४ चैत्र २०७८, सोमबार १६:१३

काठमाडौँ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ ।कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो ।

दल दर्ता गरेर चुनावमा सहभागी नहुने निर्णय गर्दै नेकपाले तर ,प्रगतिशिल शक्तिलाई समर्थन गर्ने निर्णय गरेको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए।बैठकमा महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले निर्वाचनमा सहभागी भएर उपयोग गर्नुपर्ने राजनीतिक प्रस्ताव पेस गरेका थिए तर धेरै केन्द्रीय नेता यसको विपक्षमा उभिएका थिए। उनले पेस गरेको प्रस्तावलाई परिमार्जन गर्दै पारित गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकीकृत समाजवादीका अध्यक्ष नेपाल टर्की प्रस्थान

१४ चैत्र २०७८, सोमबार १६:१३
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकारामा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेता नेपाल सोमबार बेलुकी १० बजे त्यसतर्फ प्रस्थान गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। मार्च २९ देखि ३१ सम्म आयोजना हुने इकोक्लाइमेट सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने उनले बताए। अध्यक्ष […]

सम्बन्धित शीर्षक