करेन्ट लागेर नेपालगञ्जमा बाबुछोराको मृत्यु

कर्णाली अनलाइन ४ भाद्र २०७९, शनिबार १३:४४

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–१७ मा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय पर्शुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा पछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको थियो। शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुराँस गाउँपालिका अध्यक्ष विसीद्धारा ८ नम्बर वडा कार्यालयको भवन उद्घाटन

४ भाद्र २०७९, शनिबार १३:४४
दैलेख। जिल्लाको गुराँस गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयको उद्घाटन गरिएको छ । शनिबार धरमपोखरामा रहेको वडा कार्यालयको पालिका अध्यक्ष टोपबहादुर विसीले उद्घाटन गरेका हुन्। भवन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विसीले पालिकादेखि ८ वटै वडा कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई प्रभावकारी बनाउन भवनलाई स्तरीय बनाईरहेको जानकारी बताए। अध्यक्ष विसीले संघ, प्रदेश, […]

सम्बन्धित शीर्षक