सुर्खेत।मंसिर १० गते हुने कर्णाली प्रदेश स्तरीय प्रशिक्षण भेलाको सम्वोधन गर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विहिवार सुर्खेत आउने भएका भएका छन। नयाँ पार्टी दर्ता गरिसके पछि उनी पहिलो पटक सुर्खेत आउदैँ छन ।
कर्णाली प्रदेश स्तरीय प्रशिक्षण भेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा हुने भएको छ।कर्णाली प्रदेशका १० औटै जिल्लाबाट(दैलेख,जाजरकोट,जुम्ला,हुम्ला,
मुगु,डोल्पा,कालिकोट,रुकुम पश्चिम,सुर्खेत)नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता,भातृ संगठनहरुको उपस्थिति रहने छ।
शुक्रबार हुने कर्णाली प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्नका निमित्त आज नै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अध्यक्ष आइ पुग्ने आयोजक कमिटीले जानकारी दिएको छ। उक्त कार्यक्रम लाई पार्टीका उप -महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।एकिकृत समाजवादी कर्णाली प्रदेश कमिटिको बैठक आज बस्दै छ।