दैलेख।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सोमवार निर्वाचन अधिकृतको कार्यालयम पुगेर गुराँस गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट युवा नेता टोप बहादुर विसीले उम्मेद्वारी दर्ता गरेका छनभने उपाध्यक्षमा शिवाकुमारी खड्काले उम्मेद्वारी दर्ता गरेकी छन।
नेकपा एमाले प्रदेश कमिटि सदस्य समेत रहेका युवा नेता विसी गुराँस जनताका लोकप्रिय नेताका रुपमा स्थापित रहेका छन। राजनितिक र शैक्षिकरुपमा अव्वल रहेका विसी शुसासनका विषयमा प्रष्ट रहेका छन। वि.स २०४७ सालमा नेकपा एमालेको संगठित सदस्यता लिएर आफनो राजनितिक यात्रा तय गरेका युवा नेता विसी गुराँस वासिका आशा र भरोसाका प्रतिक हुन ।राजनिति यात्रामा कहि कतै विचलित नहुने जस्तो जुकै कठिनमोडमा पनि सहि निर्णय लिनसक्ने एक कुशल निर्णायकका रुपमा पनि कतिपय ले आकलन गर्ने गर्दछन ।
२०४९ मा अनेरास्ववियु केन्द्रिय सदस्य रहेर काम गरिसकेका विसी एक दशक भन्दा बढि दैलेख जिल्ला सम्पर्क मञ्चको जिम्मेवारीमा रहि जनताका हरेक समस्यासग जानकार छन।यस्तै अञ्चल सम्पर्क मञ्चमा रहि ५ वर्ष काम गरेका विसी पार्टी भन्दा जनता सधै शिरोपरी हून्छन भन्ने सोचका साथ आफु राजनितिमा लागेको उनले बताए। २०६५ देखी २०७४ सम्म भेरी अञ्चल सम्पर्क कमिटि अध्यक्षमा रहि काम गरेका युवा नेता विसी एक अनुभवि राजनितिकज्ञका साथै एक कुशल समाजसेवी पनि हुन।
४ वर्ष सम्म राष्ट्रिय परिषद सदस्य रहि पार्टीको संगठन विस्तार लाई सुदृढ गर्ने देखी लिएर वि.स २०७४ देखी २०७८ सम्म दैलेख जिल्ला कमिटी सचिवालय सदस्य हुदैँ केन्दीय उपाध्यक्ष समेत रहेर आफनो जिम्मेवारी कुशलता पुर्वक सम्पनन् गरेका युवा नेता विसी हाल प्रदेश कमिटी सदस्य रहेका छन।शैक्षिक क्षेत्रमा अव्वल युवा नेता विसी एम.वि.ए/ एल.एल.वि.र विधावारिधि अध्यनरत (स्थानीइ तहको आर्थिक विकास सम्वन्धी)विधावारिधी हासिल गदैँ गरेका विसी गुराँस गाँउपालिकाको समृद्धि र विकासको एक मेरुदड हुन।
विसीले’ निर्वाचनमा आफुलाई अत्याधिक बुहुमतका साथ विजय गराउनका लागी सम्पुर्ण गाउँपालिका वासिमा आग्रह गरेका छन।आफुले गाउँपालकिा जित हासिल गर्ने सफल भएमा गुराँस गाउँपालिकामा बेरोजगारीको समस्याको समाधान ,गुणस्तरीय शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार,हरेकको घरमा स्वच्छ खानेपानी व्यवस्था ,विधुत विस्तार,सडक लगायत कृषिमा आत्मनिर्भरता संगै कृषि बजारीकरणको व्यवस्था लगायत गुराँस गाउँपालिकाको समृद्धिका लागी नयाँ मोडालिटिका साथ आफनो उम्मेद्वारी दर्ता गरेको बताए।