सशस्त्र प्रहरीको एआइजीमा राजु अर्याल नियुक्त

कर्णाली अनलाइन १३ बैशाख २०७९, मंगलवार १५:२५

काठमाडौँ।सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा राजु अर्याललाई नियुक्त गरेको छ।गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ।

डिआइजी अर्याल वरीयतामा पहिला नम्बरमा थिए। यसैगरी, डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन्।यसअघि चैत ३० मा सरकारले पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति गरेपछि एआइजीको एउटा दरबन्दी खाली भएको थियो।उनी वैशाख १८ पछि सशस्त्र प्रहरी बलको महानिरिक्षक हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘जिम्बाबे ए’ सँग खेल्ने नेपाली टोलीको प्रशिक्षण शुरु

१३ बैशाख २०७९, मंगलवार १५:२५
काठमाडौ।‘जिम्बाबे ए’ क्रिकेट टोलीसँग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बुधबारबाट अभ्यास शुरु हुने भएको छ । त्रि.वि. क्रिकेट मैदानमा राष्ट्रिय टिममा स्थान बनाएका २३ खेलाडीलाई प्रशिक्षण दिन लागिएको हो । कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने श्रृंखलामा क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, […]