सल्यान । जिल्लाको बनगाड कुपिण्डे वडा नं ७ लामासरामा एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । स्थानीय भोलबहादुर विश्वकर्माकी ५३ रामकली विश्वकर्माको चट्याङ लागेर मृत्यु भएको हाे । बिहीबार बेलूकी ७ बजेको समयमा चट्याङ परेको छोरा वोधवहादुर विश्वकर्माले जानकारी दिए । चट्याङले दुई घरमा क्षति पुगेको छ ।
सोलार सेटमा परेको चट्याङले रामकली सुतिरहेको कोठा नजिकै सोलार व्याट्रि भएकोले पड्केर ज्यान गएको हुन सक्ने स्थानीय कमल खड्काले बताए । घटनाबारे प्रत्यक्ष बुझ्न प्रहरी टोली घटनास्थतर्फ हिँडेको छ ।