नेपालगञ्जमा शहीद सेतु विकको सालिक पनि तोडफोड

कर्णाली अनलाइन १९ जेष्ठ २०७९, बिहीबार ०७:५६

बाँके।पूर्वराजा वीरेन्द्रको सालिक हटाउने क्रममा तनावग्रस्त बनेको नेपालगञ्जमा अर्को सालिक पनि तोडफोड गरिएको छ । केही बेरअघि आक्रोशित स्थानीयले न्यूरोडमा राखिएको जनआन्दोलनका शहीद सेतु विकको सालिक तोडफोड गरिएको हो ।

यसअघि धम्बोजीचोकस्थित पूर्वराजा वीरेन्द्रको पुन:थापित सालिक प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । सोक्रममा झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् ।वीरेन्द्रको सालिक हटाइएपछि आक्रोशित समूहले अर्को सालिक तोडफोड गरेका हुन् । प्रहरीले विकको सालिक तोडफोडमा संलग्न आरोपमा केहीलाई पक्राउ गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्ष जितेका केसीले प्रचण्डलाई भेटेर भने 'म माओवादीमै छु'

१९ जेष्ठ २०७९, बिहीबार ०७:५६
कालिकोट।जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका मोहनबहादुर केसी महेश ले आफू माओवादी केन्द्रमै रहेको बताएका छन् । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएर चुनाव लडेका उनी अध्यक्ष पदमा विजयी भएका थिए । उनले माओवादीका आधिकारिक उम्मेदवार डम्बर बहादुर शाहीलाई ४८५ मत अन्तरले हराएका […]