ट्र्याक्टर दुर्घटनामा परि जाजरकोटमा तीन जनाको ज्यान गयो, एक जना घाइते

कर्णाली अनलाइन १७ कार्तिक २०७८, बुधबार ०३:१७

जाजरकोट। जिल्लाको नलगाड नगरपालिका- ५ झुल्केडाँडामा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।दुर्घटनामा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

ट्र्याक्टरका सहचालक नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका प्रहरीले जनाएको छ । ट्र्याक्टर नम्बर र दुर्घटनाको कारण खुल्न सकेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यमपञ्चकअन्तर्गत आज कुकुर तिहार

१७ कार्तिक २०७८, बुधबार ०३:१७
काठमाडौँ।तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ। आज […]