चिसोले भूकम्प पिडित सुत्केरीको मृत्यु

कर्णाली अनलाइन ११ मंसिर २०८०, सोमबार १४:१६

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए। नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुर्व प्रधानमन्त्री ओलीद्वारा गुराँस गा.पाको प्रशासकीय भवन उद्धघाटन

११ मंसिर २०८०, सोमबार १४:१६
दैलेख। पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्धघाटन गरेका छन।एमालेले सञ्चालन गरेको ‘झुलाघाटचिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा बैतडीको झुलाघाट मध्यपहाडी लोकमार्ग हुँदै दैलेखको गुराँस गाउँपालिका पुगेका एमाले अध्यक्ष ओलीले प्रशासकिय भवनको एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन। उक्त कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री […]