नेकपा (एकीकृत समाजवादी)द्वारा ३१ विभाग गठन, कुनकाे जिम्मेवारी कसलाई ?

कर्णाली अनलाइन २६ मंसिर २०७८, आईतवार ११:४०

काठमाडाैं। नेकपा एकीकृत समाजवादीले ३१ वटा विभाग गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको दोस्रो बैठक र त्यसपछि विभिन्न मितिमा भएका केन्द्रीय सचिवालयका बैठकले गरेका विभिन्न निर्णयहरूको जानकारी र कार्यान्वयनका निम्ति अन्तरपार्टी निर्देशन–३ जारी गर्दै सो कुराको जानकारी गराएका हुन् ।

केन्द्रीय सचिवालयका विभिन्न बैठकले विभागहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको अपानीमा उल्लेख छ । अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा २ वटा प्रदेश कमिटी अनुमोदन गरेको उल्लेख छ ।

जसमा प्रदेश १ मा बलदेव चौधरीको अध्यक्षतामा २४५ सदस्यीय कमिटी बनाएको छ भने प्रकाश ज्वाला इन्चार्ज र अम्मरबहादुर थापा अध्यक्ष रहेको १६६ कर्णाली प्रदेश कमिटी गठन गरिएको छ । सो पार्टीले बाँकी प्रदेश कमिटीहरूलाई आ–आफ्ना प्रदेश कमिटी विस्तार गरी अनुमोदनका लागि केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मैले हारेँ भनेँ हारेको मान्छे प्रधानमन्त्री भइरहन मिल्दैन भन्छन्ः देउवा

२६ मंसिर २०७८, आईतवार ११:४०
काठमाडौँ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अहिले नेपाली कांग्रेसको सभापति मात्र नभएर नेपालको प्रधानमन्त्री पनि भएकाले आफूले पार्टी सभापति हार्दा देशको प्रधानमन्त्रीले नै हारेको अर्थ लगाएर आफूलाई हटाउने खेल हुनसक्ने आशङ्का व्यक्त मात्र गरेको स्पष्ट पारेका छन्। उनले आज बिहानको एक कार्यक्रममा आफूले जित्नैपर्ने भनेको भनी प्रचार गरिएको […]