उच्च हिमाली जिल्ला हुम्लामा फेरि हिमपात

कर्णाली अनलाइन १२ पुष २०७८, सोमबार ०५:२८

 

फाइल फाटो
फाइल फाटो

सिमकोट। उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ। हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ। यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछिस्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ। अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ।

ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ। लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खाका मुचुका लामाले जानकारी दिए। ‘हिउँले लिमी, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ,’ उनले भने, ‘हिजो बेलुकादेखि निरन्तररुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ। हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन।’

गत मङ्सिर महिना सुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्यधिक बढेको छ। जाडोले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी ककार्यालयले जनाएको छ।

हिमपातले दक्षिण क्षेत्रका किसान खुसी

लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी छन्। पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चङ्खेली र सर्केगाढका स्थानीय खुशी भएका अदानचुली-५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए। हिमपातले पाखोमा छरेका गहुँलाई राम्रो हुने उनले बताए। -रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुधकोशी जलविद्युत् आयोजना परीक्षणको क्रममा पाइप फुट्दा दुई इञ्जिनियरको मृत्यु

१२ पुष २०७८, सोमबार ०५:२८
सोलुखुम्बु। सोलुखुम्बुमा निर्माण भइरहेको सोलुखोला दुधकोशी जलविद्युत् आयोजना परीक्षणको क्रममा दुई इञ्जिनियरको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। टनेल पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप फुटेर दुर्घटना भएको हो। मृत्यु हुनेमा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इञ्जिनियर अछामका सुवास रेग्मी र काभ्रे घर भएका कन्सल्ट्यान्ट इञ्जिनियर […]