सुनको मूल्य तोलामा एक लाख २० हजार रुपैयाँ

कर्णाली अनलाइन १० पुष २०८०, मंगलवार १२:१०

काठमाडौं । सुनको मूल्य तोलामा एक लाख २० हजार रुपैयाँ नाघेको छ ।साताको तेस्रो दिन बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै छापावाल सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।यस दिन तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सोमबार मात्रै तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।त्यसै गरी, आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किन हटाए हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो?यस्तो छ खास कारण

१० पुष २०८०, मंगलवार १२:१०
काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका छन्। बिहीबार कार्यालय समयमा आएका मेयर राईले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर एकैपटक हटाएका हुन्। मेयर राईको कार्यकक्षबाट दुवै तस्बिर हटाएर उनले किराँती राजा यलम्बरको तस्बिर राखेका छन्। बुधबार राति सामाजिक सञ्जालबाट उनले […]