काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा र काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक राजनीतिक सवालमा छलफल भएको छ।प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल भएको उल्लेख गरेको छ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल उपस्थित छन्।

