हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते

कर्णाली अनलाइन १७ जेष्ठ २०७९, मंगलवार १०:५९

हुम्ला।भालुको आक्रमणमा परी हुम्लामा एक जना घाइते भएका छन्।नाम्खा गाउँपालका–४ याल्वाङमा मंगलबार दिउँसो भालुको आक्रमणमा परेर स्थानीय ४८ वर्षीय कुन्जेन लामा घाइते भएका हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए।

उनी घरबाट घट्ट जाने क्रममा जंगलको बाटोमा भालुले आक्रमण गरेको थियो। उनको कान र हातमा चोट लागेको छ।स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपाचारपछि उनलाई जिल्ला अस्पताल रेफर गरिएको ओझाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन

१७ जेष्ठ २०७९, मंगलवार १०:५९
सुर्खेत।राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गरेकी छन्।अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले मंगलवार अपराह्न वीरेन्द्रनगर–९ स्थित कांक्रेविहारको अवलोकन गरेकी हुन्। राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको धारणा राखिन्। साथै उनले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राखेकी […]