एकीकृत समाजवादीले पायो चुनाव चिह्न कलम

कर्णाली अनलाइन ११ कार्तिक २०७८, बिहीबार ०६:०३

काठमाडौ। नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले चुनाव चिह्न उपलब्ध गराएको छ। आयोगका अनुसार एकीकृत समाजवादीले माग गरे अनुसार कलम चुनाव चिह्न उपलब्ध गराइएको हो।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत नेकपा एकीकृत समाजवादीमा गाभिएसँगै निर्वाचन चिह्न कलम माग गरिएको र सो चिह्न एकीकृत समाजवादी पार्टीलाई उपलब्ध गराइएको निर्वाचन आयोगले जनाएको छ।

एकीकृत समाजवादीले प्रस्ताव गरेको झण्डा पनि प्रदान गरिएको आयोगले जनाएको छ। जसमा रातो भुइँमा वायाँ भागको माथिल्लो कुनामा सेतो रङ्गको हँसिया र हथौडा खप्टिएको चिह्न अंकित हुने आयोगले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा कर्मचारी पदपूर्तिको बाटो खुल्यो

११ कार्तिक २०७८, बिहीबार ०६:०३
सुर्खेत।कर्णाली प्रदेश लोकसेवा आयोग ऐन संशोधनपछि अध्यादेशमार्फत जारी गरिएको छ । योसँगै अब आयोगलाई प्रदेशमा कर्मचारी पूर्तिका लागि विज्ञान गर्ने बाटो खुलेको छ । ऐन पूर्ण नहुँदा विज्ञान खुलाउन अन्योल थियो । आयोग गठन भएको लामो समयसम्म पनि यसले गति लिन सकेको थिएन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा मंगलवार प्रदेश […]