माओवादी केन्द्रको बन्द सत्र आज बिहान ११ बजेदेखि

कर्णाली अनलाइन १२ पुष २०७८, सोमबार ०५:१७

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को बन्द सत्र आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ। आइतबार उद्घाटन सत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादीको बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको थियो।

उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्द सत्रको बारेमा जानकारी दिएका थिए। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधान लगायतका अन्य प्रतिवेदन पेश हुनेछ।

विचारको महाविधेशनको रूपमा चित्रण गरेको माओवादीको बन्द सत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्। सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै वृद्धि भएको बताइएको छ। सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन्। बन्द सत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ।

माओवादीको हिजो बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ। कमलादीस्थित हलमा नै बन्दसत्र आयोजना गरिने भए पनि हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए। राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो।

आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णय अनुमोदन गरेको थियो। नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्द सत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उच्च हिमाली जिल्ला हुम्लामा फेरि हिमपात

१२ पुष २०७८, सोमबार ०५:१७
  सिमकोट। उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ। हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ। यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछिस्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ। अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको […]

सम्बन्धित शीर्षक