भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

कर्णाली अनलाइन १३ बैशाख २०७९, मंगलवार ०४:४४

काठमाडौं।भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा टिपरको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा४ख ८५८१ नम्बरको टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा. प्र.०२-०२३ प ७७६९ नम्बरको स्कुटर सोमबार राति करिब साढे १२ बजेतिर ठोक्किएका थिए ।

उक्त दुर्घटनामा स्कुटर चालक, काभ्रेको बेथानचोक गाउँपालिका-६ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल ठकुरी गाउँमा बस्दै आएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको छ । उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति १ बजेर १९ मिनेटमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा स्कुटर पछाडि बसेका म्याग्दीको बेनी नगरपालिका-४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले टिपर चालक रामेछापको दोरम्बा-४ घर भई हाल भक्तपुरको मध्यपुरथिमी- ७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुल बहादुर सापकोटालाई नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखको गुराँस गाउँपालिका अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता

१३ बैशाख २०७९, मंगलवार ०४:४४
दैलेख।नेपाली काँग्रेस कार्य समिति दैलखका सचिव तथा गुराँस गाउँपालिकाका निबर्तमान अध्यक्ष खेमराज ओलीले गुराँस गाँउपालिकाको प्रमु्खमा उम्मेदवारी दर्ता गराएका छन।बैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागी उनले सोमबार नेपाली काँग्रेसका नेता कार्यकर्ताको उल्लेख्य सहभागीका साथ बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका छन। २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट ४ […]