कालिकोट।जिल्लाको शुभकालिका गाउँपालिका ६ शितलबजारमा अमर खत्रीको खुद्रा पसलमा मगलबार राती आगलागी भएको छ । प्रहरी चौकी हाउडीका अनुसार मंगलबार साझ साढे सात बजे विद्युत लाइन सर्टभई आगलागी भएको हो ।
आगलागीबाट करिव आठ लाख २० हजार बराबरको क्षती भएको छ ।उक्त आगोलागीबाट नगद पाँच लाख २० हजार रुपैयाँ र तिन लाख बराबरको पसलको खुद्रा सामान जलेर नष्ट भएको छ । आगलागी भएको केही समयमै प्रहरी र स्थानीयको संक्रियतामा आगोलाई नियन्त्रणमा ल्याइएको प्रहरीको भनाई रहेको छ ।

