श्रीमान हत्या प्रकरणमा पत्नीसहित दुईजनालाई जन्मकैद

कर्णाली अनलाइन ६ फाल्गुन २०७८, शुक्रबार १४:४८

मोरङ।प्रेमीको सहयोगमा आफ्नै श्रीमानको हत्या गरेकी महिलालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ।विराटनगरका व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्यामा सम्लग्नलाई जन्मकैदको सजाय सुनाइएको छ । विराटनगर महानगरपालिका–१० मधुमारामा औषधि व्यवसायी दुलालको हत्यामा सम्लग्न आफ्नै श्रीमतीसहित २ जनालाई जिल्ला अदालत मोरङले जन्मकैद फैसला सुनाएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका दुलालको सुतेकै ठाउँमा २०७७ साल जेठ ४ गते राति हत्या भएको थियो । उनले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए ।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश मनोज केसीको इजलासले घटनामा संलग्न ३३ वर्षीया श्रीमती मीना श्रेष्ठ दुलाल र उनकी प्रेमी सिरहा लाहानका २१ वर्षीय ब्रह्मदेव साहलाई जन्मकैदको सजाय सुनाएको हो।

यससँगै दुवै जनालाई विराटनगर कारागार चलान गरिएको छ। सो घटनामा मतियारका रुपमा मुद्दा चलाइएका सुनसरीका २० वर्षीय सोनुकुमार साहको सजाय भने निर्धारण हुन बाँकी रहेको उनले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालीकोटमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर

६ फाल्गुन २०७८, शुक्रबार १४:४८
कालिकोट। बहततरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कालीकोटमा निःशुल्क स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शुक्रवार घुम्ती शिविर सञ्चालन गरिएको छ । शिविरमा पचास वर्ष भन्दा माथिका उमेर समुहलाई रक्तचाप, मधुमेहलगायत अन्य रोगको परीक्षण गरिनुका साथै कोभिड–१९ विरुद्धको खोप लगाइएको नि.स्वास्थ्य […]