सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

कर्णाली अनलाइन १२ मंसिर २०७८, आईतवार ०७:१९

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ ।अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुन आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा यसको कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपाध्यक्षमै बस्न रावललाई ओलीकाे आग्रह

१२ मंसिर २०७८, आईतवार ०७:१९
काठमाडौं। १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन आग्रह गरेका छन् । बन्दसत्रले आइतबार राति ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्ताव गर्ने अधिकार दिएपछि रावलको असहमतिका […]