एक सातामा नेप्से ४९.०७ अंकले गिरावट

कर्णाली अनलाइन १ बैशाख २०७९, बिहीबार १३:४१

काठमाडौं सेयर परिसूचक नेप्से बजारमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको छ।नेपाली सेयर बजार चालू आर्थिक वर्षको शुरुवातसँगै उतारचढाव भइरहेको छ। अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन बिहीबार पाँचौँ दिनको लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो।

यो साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा भएकाले सेयर बजार पनि बन्द भयो। साताको तीन दिन मात्रै कारोबार भएको छ। तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आएको थियो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ। बिहीबार पनि सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द रह्यो।

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक ४४.६४ अंक गिरावट आएर २४१९.८० विन्दुमा झरेको थियो। त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंकले घटेको थियो। सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

साताको दोस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचकमा ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको थियो। त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंकले घटेको थियो।

मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो। सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको थियो।

बुधबार नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ। जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ। बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको सेयर खरिदबिक्री भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु

१ बैशाख २०७९, बिहीबार १३:४१
मोरङ।जहदा गाँउपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार गाँउपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले श्रीमती पानो टुडुलाई कुटपिट गरी हत्या गरेका हुन्। सोरेनले ३२ वर्षीया टुडुलाई चैत्र २९ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुनेगरी कुटपिट गरेका थिए । […]