१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङका शिक्षक पक्राउ

कर्णाली अनलाइन ३ माघ २०७८, सोमबार ०८:२१

खाेटाङ  । १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन्।

१४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।

भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।

छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गएकाे बिहिवार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो ।

स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् । शिक्षक पोखरेलमाथि भदौ ९ यता पटक–पटक बालिकालाई बलात्कार गरेको अभियोग छ ।

पोखरेललाई जिल्ला अदालतबाट आइतवार ७ दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हत्या आरोपमा दुईजना पक्राउ

३ माघ २०७८, सोमबार ०८:२१
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले मकवानपुरको थाहा नगरपालिका–१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज बस्नेतलाई सोमबार पक्राउ गरेको जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फलामको दाउ र कैँची […]