मौसम पूर्वानुमान : कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

कर्णाली अनलाइन १४ कार्तिक २०७८, आईतवार ०६:४२

काठमाडौं। आज (आइतबार) देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।चिसो बढ्दै गएकाले यी ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए।

स्थानीय वायुको प्रभावका कारण आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ। कुनै ठूलो प्रणाली नभित्रिएकाले ठूलो पानी पर्ने वा हिमपात हुने सम्भावना भने छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै धर्ना

१४ कार्तिक २०७८, आईतवार ०६:४२
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले काठमाडौंको रामशाहपथस्थित बार परिसरमा धर्ना दिएका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा आइतबार बार परिसरमा धर्ना दिएका हुन्। बारले घोषणा गरेको कालोपट्टीसहितको विरोध कार्यक्रमअन्तर्गत करिब एक घण्टा धर्ना दिइएको थियो। पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने […]