निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज

कर्णाली अनलाइन ७ माघ २०७८, शुक्रबार ०६:४४

काठमाडौं। निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ। लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज गरेको हो।

आयोगका अनुसार दल दर्ता खारेज हुनेमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् रहेका छन्। यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो।

३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए, उनको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाए पछि आयोगले खारेज गरिदिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संवैधानिक व्यवस्थाअनुसार नै स्थानीय तहको निर्वाचन हुनुपर्छ प्रदीप पौडेल

७ माघ २०७८, शुक्रबार ०६:४४
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य ले संवैधानिक व्यवस्थाअनुसार नै स्थानीय तहको निर्वाचन गरिनुपर्ने बताएका छन्। शुक्रबार नेता पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘संविधानले निर्दिष्ट गरेको समयसीमा भित्रै क्रमबद्ध निर्वाचन सम्पन्न गर्नुको अर्को विकल्प छैन।’ संविधानले भनेअनुसारकै समय सीमाभित्र रहेर निर्वाचन गरिनुपर्ने उनले बताए। ‘स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्था अनुरूप हुनुपर्छ। […]

सम्बन्धित शीर्षक