सेयर बजार दाेहाेराे अंकले घट्यो, पाँच अर्बभन्दा बढीको कारोबार

कर्णाली अनलाइन १७ माघ २०७८, सोमबार ११:३०

काठमाडाैं ।आइतबार एक सय पाँच अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज साेमबार भने दाेहाेराे अंकले घटेकाे छ।नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ७१ दशमलव शून्य पाँच विन्दुमा झरेको छ। साेमबार माइक्रोफाइनान्स, अन्य र लगानीबाहेक सबै समूहको सेयर घटेको छ।

बीमा, उत्पादन र विकास बैंकको सेयर उच्च अङ्कले ओरालो लागेको छ। आज दुई सय २५ वटा कम्पनीकाे एक करोड एक लाख कित्ता सेयर पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँमा कारोबार भएकाे छ।

सबैभन्दा धेरै एचआइडिसिएलको ५७ करोड रुपैयाँको सेयर किनबेच भएकाे छ। आज माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको सेयर झन्डै साढे तीन प्रतिशतले घटेको छ।समग्र बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको सेयर भने १० प्रतिशतले बढेर सर्किट लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वमन्त्री एवं रोल्पाका राजनीतिज्ञ सुवेदीको निधन

१७ माघ २०७८, सोमबार ११:३०
काठमाडौं। पूर्वमन्त्री एवं रोल्पाका राजनीतिज्ञ रेगबहादुर सुवेदीको निधन भएको छ। सुनिल स्मृति गाउँपालिका-६ गजुलमा ८२ वर्यीय सुवेदीको आज बिहान उनकै निवासमा निधन भएको गाँउपालिका अध्यक्ष गुणेन्द्र घर्तीले जानकारी दिए। रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका सुवेदी सहायक मन्त्रीसम्म भएका थिए।  लामो समय जिल्ला पञ्चायत सभापति भएका सुवेदीले २०३४ […]

सम्बन्धित शीर्षक