उपसभापति खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार १२:४७

काठमाडौं। नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युद्ध अन्त्यविना रुसमाथिको प्रतिबन्ध फुकुवाबारे चर्चै हुनुहुन्न – जेलेन्स्की

१५ चैत्र २०७८, मंगलवार १२:४७
एजेन्सी।युद्ध अन्त्य नभएसम्म रुसमाथि लगाएको प्रतिबन्ध फुकुवाका सम्बन्धमा चर्चा हुन नहुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।आफ्नो नियमित रात्रिकालीन भिडियो सन्देशको क्रममा जेलेन्स्कीले मंगलबार राति रुसमाथिको प्रतिबन्ध फुकुवाका सम्बन्धमा कुरा नगर्न अपिल गरेका हुन्। उनले भनेका छन्, ‘जबसम्म युद्ध अन्त्य हुँदैन, जबसम्म हामीले हाम्रो सम्पूर्ण चिजमा नियन्त्रण प्राप्त गर्दैनौँ, तबसम्म […]