इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दोस्रो जित

कर्णाली अनलाइन २३ चैत्र २०७८, बुधबार ०८:००

काठमाण्डौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दोस्रो जित निकालेको छ ।वान्खडे मैदानमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बेङ्ग्लाेरले दोस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बेङ्ग्लाेरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

बेङ्ग्लाेरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए । यस्तै दिनेश कार्तिकले अविजित ४४ रन जोडे । राजस्थानका ट्रेण्ड बोल्ट र युजभेन्द्र चाहलले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

राजस्थानका जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । बेङ्ग्लाेरका डेभिड विलि, वानिन्दु हसरङ्गा डी सिल्भा र हर्सल पटेलले १/१ विकेट लिए । जितसँगै बेङ्ग्लाेरले ३ खेलमा ४ अङ्क जोडेको छ । राजस्थानको ३ खेलमा ४ अङ्क छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको काम समयमै सक्नुस् : मन्त्री झाँक्री

२३ चैत्र २०७८, बुधबार ०८:००
काठमाण्डौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति अन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्त्विक संरचनाको अनुगमन गरेकी छन्। आज बिहान अनुगमन गर्दै उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताइन्। मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न पनि निर्देशन […]