सेयर बजारमा उच्च अंकको सुधार, चार अर्ब बढीकाे कारोबार

कर्णाली अनलाइन ९ कार्तिक २०७८, मंगलवार ०५:१७

काठमाडौं ।साताको दोस्रो दिन सोमबार धितोपत्र बजार उच्च अंकले उकालो लागेको छ।सेयर कारोबार मापक नेप्से परिसूचक आज ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेको हो। नेप्सेमा आज कुल २ सय २९ कम्पनीका ५३ हजार ७ सय ९२ कारोबारबाट ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीमा कारोबार भयो।

बजार अस्वभाविक रुपमा वृद्धि गर्ने बैंकहरूको प्रयाससमा राष्ट्र बैंकले सर्किट लगाइदिए पछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको विश्लेषकहरू बताउँछन्।लाभांशको सिजनमा बजार एकाएक घटेको थियो। यसरी सस्तो भएको मूल्यमा लगानीकर्ताहरू आकर्षित भएको अनुमान गरिएको छ। आज १६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कंगना र मनोज वाजपेयीले पाए ‘नेसनल अवार्ड’, अरु कस-कसले पाए?

९ कार्तिक २०७८, मंगलवार ०५:१७
भारतमा सोमबार ६७ औं राष्ट्रिय फिल्म अवार्ड वितरण गरिएको छ।‘मर्णिकर्णिका’ र ‘पंगा’ फिल्मबाट अभिनेत्री कंगना रनावतले सर्बोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन्। यस्तै मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे। यसैगरी साजिद नाडियावालाले निर्माण गरेको ‘छिछोरे’ले ६७ औँ राष्ट्रिय फिल्म अवार्डमा उत्कृष्ट हिन्दी फिल्म अवार्ड पाएको […]