डडेल्धुरामा बस दुर्घटना, १० जना घाइते

कर्णाली अनलाइन १४ कार्तिक २०७८, आईतवार ०६:१३

धनगढी ।दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा १० जना घाइते भएका छन्। आलिताल गाउँपालिका–१ स्थित घण्टेश्वर मन्दिर नजिक सडकबाट ना८ख ६१३२ नम्बरको बस करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा सवार ३२ जनामध्ये १० यात्रु घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धनगढी ल्याइँदै छ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका –६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्ची ओड, दोगडाकेदार गाउँपालिका –८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार –६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका –१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फेसबुक कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखियो

१४ कार्तिक २०७८, आईतवार ०६:१३
एजेन्सी। सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेर फेसबुकको व्यवसायिक नाम मेटा राखेको छ। कम्पनीले नाम परिवर्तन गरेपछि सामाजिक सञ्जाल अझ विस्तार हुने अपेक्षा गरेको छ।फेसबुकको कम्पनीको नाम मात्र परिवर्तन भएको जनाइएको छ। तर, फेसबुक, इन्स्टाग्राम र वाट्स्एपको एकल नाम भने परिवर्तन नहुने भएको छ। फेसबुकको डकुमेन्टरहरु पूर्व कर्मचारीबाट चुहिएपछि […]