बेलायतमा आँधी : कम्तीमा १३ जनाको ज्यान गयो, विद्युत् सेवा बन्द

कर्णाली अनलाइन ८ फाल्गुन २०७८, आईतवार ११:३३

एजेन्सी।यूनाइस आँधीका कारण युरोपमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, बेलायत, बेल्जियम, जर्मनी र पोल्यान्ड लगायत प्रभावित भएका छन् । आँधीले रुखहरु ढल्दा सडक  बन्द बनेका छन्। आँधीका कारण विद्युत् सेवा बन्द हुँदा झण्डै १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् ।

विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन प्रयास भइरहेको बीबीसीले जनाएको छ । आँधीले सडक तथा रेलमार्ग अस्तव्यस्त भएका छन् । बेलायतमा धेरैजसो रेलमार्ग बन्द भएका छन् । युरोपमा यो हप्ता असर गर्ने यूनाइस दोस्रो पटक नाम राखिएको आँधी हो ।

पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तीमा पाँच जनाको ज्यान गएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको शक्तिशाली आँधी पछि अहिलेको आँधीलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ।आँधीको प्रभाव बढ्दै गएपछि गएराति युरोपमा रातो बत्ती बालेर चेतावनी जारी गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

८ फाल्गुन २०७८, आईतवार ११:३३
काठमाडौं।अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र भाषिक आन्दोलन गर्दै आएका विभिन्न संघ संस्थाले कार्यक्रम गर्दैछन्। नेपाल प्रज्ञा प्रतिष्ठानले आज मातृभाषाको कविता महोत्सव गर्दैछ। प्रतिष्ठानको सभाहल कमलादीमा बिहान १० बजेपछि उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा कविता […]