बाख्रा चराउन गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

कर्णाली अनलाइन १० जेष्ठ २०७९, मंगलवार १५:४५

बर्दिया।बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन्।

बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा गएकी उनको साँझ करिब ६ बजे बाघको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण विडारीले जानकारी दिए।तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ। रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्ता छन् सरकारले घोषणा गरेका लोकप्रिय नयाँ कार्यक्रम (पूर्णपाठसहित)

१० जेष्ठ २०७९, मंगलवार १५:४५
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। नीति तथा कार्यक्रममा सरकारले नयाँ र लोकप्रिय कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति भण्डारीले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने […]