मैले गीत गाउन जानेको भए अहिले धुम मच्चाइदिन्थेँ : अध्यक्ष ओली

कर्णाली अनलाइन २८ जेष्ठ २०७९, शनिबार १२:३७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गीत गाउन जानेको भए अहिले तहल्का मच्चाउने दाबी गरेका छन्।

काठमाडौंमा आयोजित कलाकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दु:ख लाग्छ सबैलाई गीत गाउने गला प्रकृतिले दिने मलाई चाहिँ किन प्रकृतिले ठग्यो? सबैलाई गलो दिएको छ। सबैले गाउन जानेका छन्। मैलै मात्र नजान्ने? गाउन जानेको भए म अहिले धुम/तहल्का मच्चाइदिन्थेँ। के गर्ने प्रकृतिले मलाई चाहि मजाले ठगेको छ।’

उनले अस्पतालमा बिरामी भएर बसेको बेलामा पनि  उपचार गर्न आउने डाक्टर र नर्सहरुलाई गीत गाउन लगाएको समेत सुनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

२८ जेष्ठ २०७९, शनिबार १२:३७
सर्लाही। जिल्लाको लालबन्दी नगरपालिका–१७ बस्ने ४५ वर्षीय अशोक विकमाथि बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका–११ बस्ने ३१ वर्षीय रवि विक शनिबार पक्राउ परेका हुन् । लालबन्दीको हिरापुर पानी ट्याङ्कीस्थित बारीमा तरकारी खेती गर्ने क्रममा बाँस ओसार्ने क्रममा विवाद हुँदा रविले उनकै मामा अशोकलाई बाँसको लाठीले प्रहार गरेका […]

सम्बन्धित शीर्षक