विद्युत प्राधिकरणले एक वर्षमा १६ अर्ब नौ करोड नाफा कमाउन सफल

कर्णाली अनलाइन २६ श्रावण २०७९, बिहीबार ११:५२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा बढाएको छ।  बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ। प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो।

ठूला उद्योगमा चाहिएजति बिजुली पुर्‍याउने अभियानलगायतका कारण गत आवमा ऊर्जा समग्र विद्युत् खपत २७ प्रतिशत बढेको थियो। गत आवको अन्त्यसम्ममा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ३२५ बाट बढाएर ३५० युनिट पुर्‍याउने लक्ष्य राखिएकामा ३५१  युनिट पुगेको प्राधिकरणले जनाएको छ।

यसबाहेक प्राधिकरण स्वामित्वका आयोजनाबाट १६ प्रतिशत बिजुली थप प्राप्त भएकाले पनि नाफा बढेको हो। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट प्राप्त भएको परीक्षणकालीन निःशुल्क बिजुलीले पनि प्राधिकरणको नाफा बढाउन थप योगदान गरेको देखिएको छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुल आम्दानी नै एक खर्ब नाघेको छ।

खुद आयात घट्यो

प्राधिकरणको नाफा तीव्र वृद्धि हुनुमा भारतसँगको विद्युत् व्यापारले पनि योगदान पुर्‍याएको देखिएको छ। गत वर्षदेखि इन्डियन इनर्जी एक्सचेन्जमा बोलकबोल दरमा करिब चार सय मेगावाट बिजुली निर्यात भएकाले पनि यस पटकको नाफा बढाउन सहयोग पुगेको छ। प्राधिकरणका अनुसार गत आवमा विद्युत् निर्यातबाट प्राधिकरणले तीन अर्ब ८८ करोड रुपियाँ आम्दानी गरेको छ।

समीक्षा अवधिमा ४९ करोड ३० लाख युनिट बिजुली भारत निर्यात भएको प्राधिकरणले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनमा हाेमियाे एमाले, घोषणापत्र मस्यौदा समिति गठन

२६ श्रावण २०७९, बिहीबार ११:५२
काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावमा होमिएको छ। आज बसेको सचिवालय बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनको घोषणापत्र लेखनको लागि ८ सदस्यीय मस्यौदा समिति गठन गरेको हो। समितिमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, बिष्णु रिमाल रहेको ८ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको […]

सम्बन्धित शीर्षक