सुर्खेत।जिल्लाको दुल्लु नगरपालिका वार्ड न ९ गोबे धारा नजिक टिप्पर दुर्घटनामा परेको छ । टिप्पर दुर्घटनामा परि दुल्लु नगरपालिका वडा न ३ का टिप्पर चालक धन बहादुर बुढाको मृत्यु भएको छ। भे १ ग ७७ नम्वरको टिप्पर मध्यपहाडी लोकमार्ग अन्र्तगत दुल्लुदेखी पादुका जादैगर्दा दुल्लु नगरपालिका वार्ड न ९ गोबे धारा नजिक सडकबाट १५० मि तल खसेको छ।
उक्त टिप्परमा सवार दुल्लु नगरपालिका ३४ वर्षिय नगेन्द्र रावत ,३२ वर्षिय पुर्ण थापा घाइते भएका छन। घाइते दुवैलाई उपचारका लागी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।