२०८० सालमा कुन महिनामा कति छन् विवाहका साइत?

कर्णाली अनलाइन १८ माघ २०७९, बुधबार १८:०४

काठमाडौं।सनातन धर्मावलम्बीको प्रचलनमा रहेको ज्योतिषशास्त्रअनुसार वैशाख, जेठ, असार, मंसिर, माघ र फागुनमा विवाहका साइत निस्किन्छ। चतुर्मासअन्तर्गत साउन, भदौ, असोज र कात्तिकमा निस्किँदैन। यस्तै पुस र चैत महिनामा पनि विवाहको मुहूर्त्त निकालिँदैन।

नेपाल पञ्चांग निर्णायक विकास समितिद्वारा मान्यता पाएर प्रकाशित भई हालै सार्वजनिक २०८० सालको पात्रोअनुसार वैशाखमा पर्याप्त साइत छैन। अघिल्लो वर्षदेखि नै वृहस्पति ग्रह अस्त रहेको १५ मात्र उदय हुने भएकाले १९ गतेदेखि मात्रै साइत निकालिएको छ।

जेठ र मंसिरमा पर्याप्त साइत रहे पनि असार, माघ र फागुनमा त्यति साइत निस्किएको छैन।

हेर्नुहोस्, कुन महिना कति गते छ, विवाहको साइत—

वैशाख— १९, २०, २७ र २८ गते।

जेठ— २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते।

असार— ७, ८ र ११ गते।

मंसिर— १२, १३, १८, २१, २३, २८, २९ र ३० गते।

माघ— २, १६, १७, २१, २३ र २९ गते।

फागुन— १९, २१ २२, २३ र २४ गते।

व्रतबन्धको साइत

वैशाख—२४ गते।

जेठ— ८, १०, २२ र २५ गते।

असार— ४ गते।

चैत— ७, ८ र १४ गते ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रविलाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैनः अध्यक्ष ओली

१८ माघ २०७९, बुधबार १८:०४
काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर गरेका छन्। विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने बताएका हुन्। सरकार गठनकाे बेला रास्वपाकाे भागमा परेकाे उपप्रधान तथा गृहमन्त्रालय उसैलाई […]

सम्बन्धित शीर्षक