आज तोल ल्होसार मनाइँदै

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार ०५:५७

काठमाडौँँ।आज तोल ल्होसार मनाइँदै छ । तोलको अर्थ समयचक्र हो ।नेपालका हिमाली जिल्ला डोल्पा, मुगु, मनाङ, हुम्ला, जुम्ला, भुटानी मूल भएर नेपालमा बसोबास गर्नेहरुले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन मनाउने गर्दछन् ।

आजको दिन घर आँगन लिपपोत गरी शुद्ध पारिन्छ र स्नान गरी पूजा गरिन्छ । लामा पुरोहितबाट वा घरको मुल व्यक्तिबाट पूजाआजा गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भूत प्रेतको पराजय होस् भनी प्रार्थना गरिन्छ ।

अनि अग्रज तथा मान्यजनबाट आशीर्वाद लिँदै फुरौला, बाबर, रोटी, कन्दमूल आदि ग्रहण गर्ने गरिन्छ । तोल ल्होसार नै अन्य ल्होसारको उद्गम मानिन्छ । तोल ल्होसारको आफ्नै दर्शन र महत्त्व भएको पाइन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तोलामा आज सुन तिन सय रुपैयाँले घट्यो

१९ पुष २०७८, सोमबार ०५:५७
काठमाडौँ।सुन चाँदीको भाउ आज केही घटेको छ ।तोलामा आज सुन तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो तोलामा सात सय रुपैयाँले बढेर सुन ९३ हजार चार सय रुपैयाँमा पुगेको थियो ।यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा किनबेच […]