सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावल पदमुक्त

कर्णाली अनलाइन २६ माघ २०७९, बिहीबार १८:१४

कैलाली।सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रदेशसभामा विश्वासको मत पाउन असफल भएका छन्।बिहीबार मुख्यमन्त्री रावलले आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। यससँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेशसभामा ७ सांसदसहित निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी आजको बैठकमा सहभागी भएको थिएन। उसले आफ्ना माग पूरा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताउँदै आएको थियो।

अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ। ५३ सदस्यीय प्रदेश सभामा १९ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त, शपथ भोलि

२६ माघ २०७९, बिहीबार १८:१४
धनगढी।नेपाली कांग्रेसका नेता कमल शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।प्रदेश प्रमुख देवराज जोशीले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन्। संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका राजेन्द्र सिंह रावलले प्रदेशसभामा विश्वासको […]