सुर्खेत।बझाङमा भएको गाडी दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहलाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज ल्याइएको थियो। उपचारको क्रममा उनको निधन भएको हो।
दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जानकीदेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो। मन्त्री सिंहका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको कोहलपुरमै उपचार भइरहेको छ।
प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो।