
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशबाट औपचारिक रूपमा प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले नेपाली राजनीतिमा जरो गाडेको झोले संस्कृति अन्त्य गर्ने घोषणा गर्दै आजैबाट पार्टीका कार्यक्रमहरूमा झोला त्यागेर स्मार्ट फाइल प्रयोग गर्ने अभियानको थालनी गरेका छन्।
सम्बोधनका क्रममा सभापति लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई झोले भन्दै होच्याउने प्रवृत्तिमाथि प्रहार गर्दै अब रास्वपाले अधिवेशन तथा प्रशिक्षणहरूमा झोला नबाँड्ने बताए।

