‘कोरोना सङ्क्रमण फैलन नदिन पूर्वतयारी र सतर्कता बढाउन’ स्वास्थ्य मन्त्रालयको परिपत्र

कर्णाली अनलाइन १८ पुष २०७८, आईतवार ११:२५

काठमाडौँ। सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ थप फैलन नदिनका लागि आवश्यक पूर्वतयारीका साथै सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आइतवार सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र पालिकालाई परिपत्र गर्दै ओमिक्रोन थप फैलन नदिन थप सावधानी अपनाउन निर्देशन दिएको हो ।

मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाइ परीक्षणकाे दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकामा ‘प्रोटोकल’ अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायतका निर्देशन दिएको छ ।

यस्तै भाइरसका नयाँ–नयाँ भेरियन्ट आउन सक्ने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न तथा भिडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

अन्तिम अपडेट: पुस १८, २०७८


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यी पदहरुमा माओवादी बन्दसत्रले ल्यायो सर्वसम्मत नाम

१८ पुष २०७८, आईतवार ११:२५
                                      काठमाडौँ।माओवादी महाधिवेशनका क्रममा आइतबारको बन्दसत्रमा केही पदहरुमा सर्वसम्मत पदाधिकारी चयन भएका छन्।बन्द सत्रका क्रममा निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोग अध्यक्षमा टंक राई र लेखा आयोग अध्यक्षमा पेशल खतिवडा सर्वसम्मत भएका […]