कैलालीमा नुहाउन जाँदा नदीमा डुबेर दुई बालकको मृत्यु

कर्णाली अनलाइन १४ कार्तिक २०७८, आईतवार ०४:४६

कैलाली।कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको शनिबार मृत्यु भएको छ। भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शवको खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्च र बार परिसरमा आन्दोलनविरुद्ध आन्दोलन

१४ कार्तिक २०७८, आईतवार ०४:४६
काठमाडौँ ।नेपाल बार एसोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई इजलासमा नबस्न माग गर्दै सर्वाेच्च अदालत परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्दै छ। घोषित कार्यक्रमअनुसार बार एसोसियसनले आज कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्ने भएको हो। बारले आजदेखि प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनलाई आक्रमक बनाउने भएको छ। प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडान दोहो¥याउँदै आएका छन्। […]

सम्बन्धित शीर्षक