जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कर्णाली अनलाइन २३ मंसिर २०७८, बिहीबार १०:०१

लमजुङ।मर्स्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग १ ज ६३१७ नं.को जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।सो जीपमा मर्स्याङ्दी–९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि रहेका थिए। सो दुर्घटनमा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए।

उनका अनुसार मृत्यु हुनेमा कपिलबस्तु बाडनिय गाउँपालिका– ८ घर भइ साही विद्यालयका शिक्षक ३८ वर्षीय कमल राना थापा, मर्स्याङ्दी–९ का सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ छात्रा प्रर्मिसा गुरुङ, कक्षा ६ मा अध्ययनरत १२ वर्षीय गणेश भण्डारी छन्। उनीहरुको जीपमा च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित आठ घाइते भएका छन्। घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बेंसीशहर नगरपालिका– ८ स्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ।

घाइतेमध्ये चालक र १४ वर्षीय विद्यार्थीलाई भने अस्पतालले रिफर गरेर भरतपुर लैजाँदै गरेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ। अन्य ६ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ। घाइते आठ जनाकै पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।उनीहरुको टाउको, अनुहार, हातखुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ। तीन जीपमा शिक्षक र विद्यार्थी शैक्षिक भ्रमणका हिँडेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चारिका समूह कर्णालीको अध्यक्षमा वली

२३ मंसिर २०७८, बिहीबार १०:०१
सुर्खेत । सञ्चारिका समूह कर्णाली प्रदेशको अध्यक्षमा सिता वली चयन भएकी छन् । समूहको बिहीबार सम्पन्न दोस्रो अधिवेशनबाट वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।समूहको उपाध्यक्षमा कृष्णमाया उपाध्याय, महासचिवमा चाँदनी कठायत, सचिवमा मनिषा केसी र कोषाध्यक्षमा सृजना बुढाथोकी चयन भएका छन् । यस्तै सदस्यमा रजनी योगी, सुकुमाया शाही, कोमल […]