जिप दुर्घटना ज्यान गुमाउनेहरूकाे खुल्याे पहिचान

कर्णाली अनलाइन २० बैशाख २०७९, मंगलवार ०४:१५

गोरखा।जिप दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ।दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका-५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका-१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका-१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिए।

सिरानचोक गाउँपालिका-५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा १४ च ७८१ नम्बरको स्कारपियो जिप भीरबाट खसेर दुर्घटनामा परेको थियो।जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको उनले बताए।

चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो। जिप आरुबोटेस्थित फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो।जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ।मृतक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

२० बैशाख २०७९, मंगलवार ०४:१५
एजेन्सी।संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयोग (ओएचसिएचआर)ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ।युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ। युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझैबढी हुने ओएचसीएचआरले जनाएको छ। अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ।रुसले […]