प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

कर्णाली अनलाइन ७ माघ २०७८, शुक्रबार ०६:३८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले दिँउसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्। सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ। उनी गत २९ असारमा प्रधानमन्त्री भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज

७ माघ २०७८, शुक्रबार ०६:३८
काठमाडौं। निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ। लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज गरेको हो। आयोगका अनुसार दल दर्ता खारेज हुनेमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल […]

सम्बन्धित शीर्षक