यो वर्ष हिउँदमा धेरै पानी पर्ने मौसमविद्काे अनुमान

कर्णाली अनलाइन ८ कार्तिक २०७८, सोमबार ०४:४७

काठमाडौं । अक्टोवर र नोभेम्बर महिनालाई सबैभन्दा सुख्खा मौसमको समय मानिन्छ र यो समयमा पानी पर्ने क्रम पनि कम हुने मौसमविद्हरुको भनाई छ । तर पछिल्लो समयको तथ्याङ्क हेर्दा यो सुख्खा समयमा पानी पर्ने क्रम वार्षिक रुपमा बड्दै गएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अक्टोवर र नोभेम्बर महिनामा सरदरमा ७४ मिलिमिटर पानी पर्नु पर्ने हुन्छ । यो ३० वर्षको अन्तराललाई विश्लेषण गरेर बनाइएको औसत बर्षाको दर भएको जल तथा मौसम विज्ञान विभाग मौसम विश्लेषण शाखाकी प्रमुख इन्दिरा कँडेलले बताउनुभयो । तर नोभेम्बर शुरुनै नहुँदा अर्थात अक्टोवरको २३ तारिखसम्ममै २५६.६ मिलिमिटर पानी परी सकेको छ । यो ३४७.६ प्रतिशत हो ।

यसरी सुख्खा मौसममा आकस्मिक रुपमा भीषण पानी पर्नु जलवायू परिर्वतनको असर भएको कँडेलले बताउनुभयो । शाखाको तथ्याङक अनुसार सुख्खा समयमा पानी पर्ने क्रम झन् बड्दै गएको छ । सन् २००९ को अक्टोवर ७ तारिखमा एकै दिन ४०४ मिलिमिटर पानी परेको तथ्याङ्क छ । त्यसपछि १२ वर्षको अन्तरालमा यो साता ठूलो पानी परेको कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २००९ अक्टोवर ७ तारिखका दिन बझाङको थलरामा एकै दिन ४०४ मिलिमिटर पानी परेको थियो भने सोही दिन कास्कीमा ३८० मिलिमिटर परेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब प्रश्न प्रधानमन्त्री र गठबन्धनतर्फ

८ कार्तिक २०७८, सोमबार ०४:४७
काठमाडौँ । न्यूनतम न्यायिक आचरणलाई लत्याएर मन्त्रिपरिषदसहित विभिन्न ठाउँमा भागबण्डा खोजेकोलगायतका विषयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अप्ठेरो स्थितिमा आइपुगेका छन्। सर्वोच्चकै न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु र बौद्धिक जमात अब राणाले राजीनामा दिनुपर्नेमा एक मत छन्। आइतबार सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश राणालाई अवज्ञा गर्दै उनले बोलाएको फुलकोर्ट बैठकमा नजाने निर्णय […]

सम्बन्धित शीर्षक